२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जिला र प्रिन्स सर्वोत्कृष्ट खेलाडी



अ+ अ-

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)ले आज यहाँ आयोजना गरेको १७औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित जनही रु एक लाख प्राप्त गरे ।

त्यसैगरी करातेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे । सर्वोत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र एनएनआईपीए खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिक ध्रुव तुलाधरले प्राप्त गरे ।

पारा अवार्ड विजेताले रु १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले रु २५ हजार नगद प्राप्त गरे । यसैगरी एनएनआईपीएले ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त गरेका २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मानसमेत गरिएको थियो ।

उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङकी निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

त्यस्तै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीकी कमला चन्द, जुडोका संजित डङ्गोल, कबड्डीका घनश्याम रोका मगर, करातेकी चन्चला दनुवार, र्‍याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङकी सुष्मिता नेपाल, स्कीकी संगिता लामा, पौडीका एलेक्जेन्डर शाह र टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठे उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

यस्तै टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलकी सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीकी सुशिला चन्द र उसुकी सुष्मिता तामाङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका पूर्वसदस्य–सचिव एवम् नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुस्कार प्रदान गर्नुभयो । रासस




भर्खरै