३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षीय ऋषि बने इन्डियन आइडल १३ का विजेता



अ+ अ-

एजेन्सी । इन्डियन आइडल १३ को उपाधि १९ वर्षीय ऋषि सिंहले जितेका छन् । अयोध्याका ऋषिले कोलकाताकी देबोस्मिता रोय र चिराग कोतवाललाई हराउँदै इन्डियन आइडलको उपाधि जितेका हुन् ।

ट्रफीसँगै ऋषिले २५ लाख रुपैयाँ (भारु) पुरस्कार र फेन्सी कार पनि प्राप्त गरेका छन् । ऋषि कक्षा १२ का विद्यार्थी हुन् ।

इन्डियन आइडलको फाइनल एपिसोडमा विजेता घोषणा गरेपछि सेट इन्डियाले सामाजिक सञ्जालमा विजेताको नाम पनि पोस्ट गरेको छ ।

पोस्ट सेयर गर्दै च्यानलले लेखेको छ – ‘सबैलाई आफ्नो जादू देखाउँदै, रकिङ ऋषिले हाम्रो मन मात्र होइन इन्डियन आइडलको ट्रफी पनि जिते । बधाई छ ऋषि ।’

ट्रफी जितेपछि ऋषिले भने– ‘म विजेता बनेको छु भन्ने विश्वास गर्न सक्दिनँ। यी महान भावनाहरू हुन् । मेरो नाम विजेता घोषणा हुने बित्तिकै मलाई सपना साकार भएको महसुस भयो । मेरो नाम यस्तो मनपर्ने शोको विरासतलाई अगाडि बढाउनु मेरो लागि ठूलो कुरा हो ।’