२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षीय ऋषि बने इन्डियन आइडल १३ का विजेता



अ+ अ-

एजेन्सी । इन्डियन आइडल १३ को उपाधि १९ वर्षीय ऋषि सिंहले जितेका छन् । अयोध्याका ऋषिले कोलकाताकी देबोस्मिता रोय र चिराग कोतवाललाई हराउँदै इन्डियन आइडलको उपाधि जितेका हुन् ।

ट्रफीसँगै ऋषिले २५ लाख रुपैयाँ (भारु) पुरस्कार र फेन्सी कार पनि प्राप्त गरेका छन् । ऋषि कक्षा १२ का विद्यार्थी हुन् ।

इन्डियन आइडलको फाइनल एपिसोडमा विजेता घोषणा गरेपछि सेट इन्डियाले सामाजिक सञ्जालमा विजेताको नाम पनि पोस्ट गरेको छ ।

पोस्ट सेयर गर्दै च्यानलले लेखेको छ – ‘सबैलाई आफ्नो जादू देखाउँदै, रकिङ ऋषिले हाम्रो मन मात्र होइन इन्डियन आइडलको ट्रफी पनि जिते । बधाई छ ऋषि ।’

ट्रफी जितेपछि ऋषिले भने– ‘म विजेता बनेको छु भन्ने विश्वास गर्न सक्दिनँ। यी महान भावनाहरू हुन् । मेरो नाम विजेता घोषणा हुने बित्तिकै मलाई सपना साकार भएको महसुस भयो । मेरो नाम यस्तो मनपर्ने शोको विरासतलाई अगाडि बढाउनु मेरो लागि ठूलो कुरा हो ।’