२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनका साझा उम्मेदवारको जित निश्चित छ– गगन थापा



फाईल फोटो
अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) सहित सत्ता गठबन्धनको साझा उम्मेदवारको जित निश्चित भएको बताउनुभएको छ।

तनहुँ–१ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन गर्ने क्रममा उहाँले केन्द्रमा कांग्रेस माओवादीको सरकार बनेकाले चाहेअनुसारको विकास निर्माणको काम गर्न सकिने बताउनुभयो ।

“केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्दैछ । केन्द्रमा कांग्रेस माओवादी मिलेर बनेको सरकार कहीँ जाँदैन । तपाईंहरुको विकासको आकांक्षा छ । त्यो सरकारले पूरा गर्छ । यो बेलामा नमिलेको र बिग्रेको कुरा केही छैन”, उहाँले भन्नुभयो ।

पुराना पार्टीहरु खराब भए ‘नो नट एगेन’ भन्नेहरुको पनि देखिएको भन्दै उहाँले भन्नुभयो, “यो निर्वाचनको बेलामा एउटा नयाँ गीत पनि आउँछ पुराना पार्टीहरूले काम गर्दैन नयाँ पार्टी चाहिन्छ भन्छन् । केही समयअघि चितवन, तनहुँ, पोखरा, काठमाडौँलगायत ठाउँठाउँमा सुन्यौँ । नेपालका पुराना पार्टीहरू खराब भए नो नट अगेन । पुराना नेताहरू निर्वाचित गराउन हुँदैन । हामी नयाँ हौँ सबै कुरा नयाँ ढंगबाट गर्छौं । जनताले पत्याउनु पनि भयो । पहिलो पटकमै २० औँ सीट जितेर साथीहरू संसद्मा आइपुग्नुभयो । उहाँको पनि देखियो ।”