एजेन्सी । भारतको एक कवाडीवालाले ६ वटा हेलिकप्टर खरिद गरेका छन् । यद्यपि ती हेलिकप्टरहरु काम नलाग्ने कवाडी भइसकेका छन् ।
पञ्जाबका कवाडी व्यापारी मिठु कबाडियाले भारतीय सेनाका करिब दस टनका ६ वटा हेलिकोप्टर खरिद गरेका हुन् ।
कवाडी खानामा एक्कासि ६ वटा हेलिकोप्टर देखेपछि त्यहाँ स्थानीहरु छक्क परेका थिए ।
मिठुको कवाडी खाना यतिबेला मनोरञ्जन गर्ने स्थलको रुपमा परिणत भएको छ । टाढा टाढाका मानिसहरु हेलिकप्टर हेर्नकै लागि त्यहाँ आउने गरेको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।