२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाराजाधिराज’ लेखिएको ब्यानर प्रशासनले हटाउन लगायो



अ+ अ-

इनरुवा । स्थानीय प्रशासनले इनरुवामा हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रममा राखिएका केही ब्यानर हटाउन लगाएको छ । आयोजकले जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर हटाएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रमका विषयमा हिजो साँझ आयोजक र स्थानीय प्रशासनबीच भएको बैठकमा सरकारी अधिकारीहरूले ‘गणतन्त्रमा महाराजाधिराज नहुने’ भन्दै ब्यानर हटाउन माथिबाट दबाब आएको बताएका थिए । उनीहरूको सो भनाइपछि आयोजक ब्यानर हटाउन सहमत भएको हो ।

यस्तै अभिनन्दन कार्यक्रमका लागि आयोजकलाई जिप्रकाले लिखित अनुमतिसमेत नदिएको बताइएको छ । आयोजकका तर्फबाट अनुमति मागिएपछि जिप्रकाले ‘माथि’ जानकारी गराएको तर माथिको निर्देशनअनुसार जिप्रकाले अनुमति नदिएको हो । यद्यपि प्रमुख जिल्ला अधिकारी र आयोजकबीच मौखिक समझदारी भएअनुसार कार्यक्रम गर्न लागिएको हो ।

प्रशासनले कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । प्रदेशको नामकरणका विषयमा लिएर कोशी प्रदेशमा आन्दोलन भइरहेको र पूर्वराजासमेत पहिचानवादीको तारोमा पर्नसक्ने भन्दै सुरक्षाकर्मीले सुरक्षा जाँचलाई कडा बनाएको हो ।

त्यस्तै स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको बताइएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि आयोजकले उहाँलाई सिधै कार्यक्रम स्थलमा लैजाने तयारी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारी कदमको विरोध गरेका छन् ।

“काठमाडौँमा जनआवाजलाई हत्केलाले थुनेर दबाउन खोज्नेहरुले इनरुवामा हुने राजाको जनअभिनन्दनका ब्यानर हटाउने आदेश दिएछन् ! फेरि भन्छौँ– कसैलाई निषेध नगर, शासकीय अहंकार बन्द गर ।”