९ पुष २०८१, मंगलवार
,
Latest
राप्रपाले सरकारविरूद्ध खबरदारी सभा गर्ने वायुसेवा निगमको आन्तरिक उडान ठप्प फुल्चोकीमा हराएका १३ जनालाई आफन्तको जिम्मा लगाईयो दसैंमा नै बुवा-आमालाई मार्न खोजेको मिलनको बयान स्वदेशी पुँजीमै ठुला परियोजनामा लगानी गर्ने क्षमता बढेको भन्दै महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना… रेसुंगा १४ लाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव पारित टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु नेप्से परिसूचक १४ अङ्कले बढ्यो दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्चमा मात्रै करिब एक लाख पर्यटक भित्रिए



अ+ अ-

काठमाडौँ । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् । साथै क्यानडाबाट एक हजार ७०७, अमेरिकीबाट नौ हजार ५५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् ।

यस अवधिमा सबैभनदा धेरै भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए ।

अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार ८९६ पर्यटक आएकोमा यसपटक नौ हजार ५५७ जना पर्यटक आएका छन् । मार्च महिनामा भारत, अमेरिका, यूके, जर्मनी र श्रीलंकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीपछि नेपालमा भित्रिने पर्यटकको सङ्ख्या सुधारोन्मुख अवस्थामा छ ।