• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   अन्ततः वानखेडेमा चम्किए केकेआरका २४.७५ करोडका बलर ★   व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (फोटोफिचर) ★   अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल ★   इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा ★   राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड ★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी

गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारवाही फुकुवा



file

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९ अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णय गरेसँगै जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका जोशीको एकैसाथ कारबाही फुकुवा भएको हो ।

कोइरालाको निधन भइसकेको छ भने पौडेल राष्ट्रपति बनेर कांग्रेसबाट अलग भइसकेका छन् ।

कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनलाई लक्षित गर्दै तनहुँ–१ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा गरेको बताइएको छ । जोशीको समर्थन नभए उपचुनावमा गोविन्द भट्टराईलाई जित्न कठिन हुने देखिएपछि उनीसहितका नेताहरूको आग्रहमा कारबाहीमुक्त गरिएको बताइन्छ ।

२०७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत थिए ।

विकासको कारबाही फुकुवाका लागि जिल्लाबाटै सिफारिस भएको थियो । उनी गत महाधिवेशनमै कारबाही फुकुवाको लाइनमा थिए । तर, विकासको कारबाही सकिँदा उनी अघि बढ्ने भएपछि जिल्लाकै नेताहरूले रोकेका थिए ।

जोशीको हकमा भने रामचन्द्र पौडेलसँगको व्यक्तिगत लडाइँकै कारण उनको राजनीति सकिएको हो । अघिल्लो निर्वाचनमा पौडेलले जोशीको उम्मेदवारी नै खारेज गराए पनि पराजित भएका थिए । यसपटक जोशी उम्मेदवार बनेर करिब साढे ६ हजार मत पाएका थिए ।