• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

राष्ट्रपति अस्पताल भर्ना



फाईल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ ।

पेटमा समस्या भएपछि उहाँ शनिवार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि शनिवार साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो ।

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ । रासस