९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग र पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा



अ+ अ-

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् ।

वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर विमानबाट नेपालमा आएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले दोस्रो प्याकेजको ठेक्का पाएको उक्त कम्पनीका ती अधिकारीहरू आएको जानकारी दिएका हुन् । ‘यो टीममा प्रोजेक्ट म्यानेजर, टनेल (सुरुङमार्ग), ब्रिज (पुल), सडक इन्जिनीयरलगायत आवश्यक पर्ने विज्ञहरू छन्,’ पौडेलले भने, ‘यो टोलीले यी संरचनाहरूको डिजाइन गर्नेछ भने पीसीआर परीक्षण र होटेल क्वारेन्टाइन बसिसकेपछि फिल्डमा खटिनेछ ।’ 

उक्त कम्पनीका नेपालमा भएका जनशक्तिले जियोफिजिकल र जियोटेक्निकल सर्वेको काम शुरू गरिसकेका छन् भने बुधवार आएको टोली डिजाइनरको हो । सर्वेकोे काम यहाँ भएका ६÷७ जनाको टोलीले गरेको उनको भनाइ छ । उक्त डिजाइनरको समूहले कार्यालय स्थापना गरेर टनेल बन्ने स्थानमै क्याम्प बनाई टनेल, ब्रिज, सडकलगायत संरचनाको डिजाइन शुरू गर्ने उनले जानकारी दिए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 




भर्खरै