५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिने



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने निर्णय गरेका हुन्।

यस्तै, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने आवश्यक परेको अवस्थामा मात्रै मत दिने जनाए ।

गत माघ ६ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता शर्माको नेतृत्वका कर्णाली सरकार बनेको थियो । तर, प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत मागेका हुन् ।