• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान ★   काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली ★   नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण ★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ ★   वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण ★   वीरगन्जका पूर्व मेयर सरावगीले एमाले परित्याग गरे ★   जब आइन्स्टाइनको दिमाग चोरी भयो ★   संघीयता कहिलेसम्म हो थाहा छैन: सचिव झाँक्री ★   अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने निर्णय गरेका हुन्।

यस्तै, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने आवश्यक परेको अवस्थामा मात्रै मत दिने जनाए ।

गत माघ ६ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता शर्माको नेतृत्वका कर्णाली सरकार बनेको थियो । तर, प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत मागेका हुन् ।