२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ: मन्त्री मोदी



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूले छोटो कार्यकालमा नै संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेको दावी गर्नु भएको छ ।

मन्त्री मोदीले सरोकारवाला सबै निकायसँग आफूले छलफल गरेर त्यसमा देखिएको विवाद समाधान गरेको र सहमतीका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सो विधेयक पठाइएको बताउनु भयो । शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विगत ७ वर्षदेखि अड्किएर रहेको सो विधेयक आफूले सरकारवालाहरुसँग छलफल गरेकै कारण सहमती जुटाएर अघि बढाउन सफलता हात परेको जिकीर समेत गर्नु भयो ।

मन्त्री मोदीले मैले जसरी सो विधेयक अघि बढाउन विगतमा मन्त्रीहरुले प्रयास नगरेको पनि पटकपटक दोहोर्‍याउनु भयो । उहाँले भन्नु भयो, ‘संघीय निजामती ऐन ल्याउने सवालमा मैले सबै सरोकारवाला निकायहरुसँग छलफल गरेँ । चाहे ट्रेड युनियनहरु होस्, संवैधानिक निकायहरुसँग, पूर्वप्रधानमन्त्रीहरुसँग होस् । सबैसँग छलफल गरेर यहाँसम्म आयौं । संघीय निजामती सेवा ऐन मैले सुरुकै दिनदेखि काम गर्दैै जाँदा सबै सरोकारवालाहरुसँग छलफल गरेँ । अव खुला गरेको भए, सबै सार्वजनिक गरेको भए, ७ वर्षदेखि ऐन आउन नसकेको कुरा फेरी पनि बहस जान्थ्यो । बहसमा जान्थ्यो । तर बन्थ्यो कि बन्दैन्थ्यो । तर सरोकारवालाहरुसँग मैले छलफल गरेँ ।’

‘यस अघि कुनै पनि मन्त्रीले त्यसरी सायद छलफल गरेको थिएन होला । मैले जसरी गरेँ, त्यसरी अरु कसैले गरेजस्तो लाग्दैन मलाई । मैले सरोेकारवाला सबैसँग छलफल गरेँ । मैले त्यो बुझेर कतिपय कुरा संशोधनमार्फत्, कतिपय आफूले जानेको, बुझेको तपाईका मागका कुराहरु त्यसमा समावेश गरिएको छ । त्यही शिलशिलामा अहिले तपाईहरुमाझ हामीले सहमती दिईसकेपछि अहिले सहमतीका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाएका छौं ।’

‘र, एउटा केरा के हो भने यो संघीय निजामती सेवा ऐन एक महिनाको कार्यकालमा मलाई १५ दिन सिक्नै लाग्यो । त्यसपछि एक महिना काम गर्दैगर्दा सरकार तलमाथि भयो । त्यतिखेर एमालेसहितका विभिन्न राजनीतिक पार्टीहरु अलिकति सरकारबाट छोडिसकेपछि पनि मैले आफ्नो ठाउँबाट काम गर्दैगर्दा हामीले त्यहाँको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीज्यूसँग सल्लाह गर्दै अगाडि बढ्यौं । आज त्यो ऐन सहमतीका लागि ड्राफ्ट गरेर पठाईसक्यौ ।’

मन्त्री मोदीले आफूले राजनीतिक आस्थाको आधारमा कुनै पनि कर्मचारीलाई विभेद नगरेको पनि बताउनु भयो । जुनसुकै राजनीतिक आस्थामा रहेपनि कर्मचारीहरुको सरुवा, बढुवामा आफूले भेदभाव नगरेको उहाँको स्पष्टिकरण थियो ।