२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षपछि भव्यरुपमा हुँदैछ आईपीएलको उद्घाटन समारोह



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच हुँदैछ ।

सो खेल अघि भव्य उद्घाटन समारोह हुनेछ । २०१८ पछि पहिलो पटक आईपीएलमा उद्घाटन समारोह हुन लागेको हो ।

समारोहमा अभिनेत्री तमन्ना भाटिया, रश्मिका मन्डन्ना र गायक अरिजित सिंहले प्रस्तुति दिनेछन् । आईपीएल व्यवस्थापनले बिहीबार यो जानकारी दिएको हो । रिपोर्टका अनुसार उक्त समारोहमा बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता टाइगर श्राफ पनि देखिन सक्नेछन् । यी दुईको नामको औपचारिक पुष्टि भने भइसकेको छैन ।

प्रतियोगिताको होम एण्ड अवे फर्म्याटका कारण १० वटै टिमका कप्तान उद्घाटन समारोहमा सहभागी हुने छैनन् । समारोहमा गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या र चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनी मात्रै उपस्थित हुनेछन् ।