२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई



अ+ अ-

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपको उपाधि आयोजक विराटनगर सिटी क्लबले जितेको छ ।

सहिद रङ्गशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा भारत लुका सकर क्लब केरलालाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो । छ दशकपछि घरेलु मैदानमा विराटनगरले पाहुना टोलीलाई पाखा लगाउँदै सातौँ संस्करणको विराट गोल्डकप उपाधि जित्न सफल भएको हो ।

विराटनगर सिटीले उपाधिसँगै नगद रू २० लाख १५ हजार हात पारेको छ । उपविजेता केरलाले रु १० लाख १५ हजारमा चित्त बुझायो । जितका लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।

विसं २०१८ को महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । विसं २०१९ मा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज विके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत पुरस्कारमा पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोरर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधिभर दुई गोल गरेका थिए । बेस्ट फरवार्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ घोषित भए ।

बेस्ट कोच विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा अवार्ड पाउनेहरूले जनही रु २५ हजार पाए । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, विराट गोल्डकपको आयोजक समितिका संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।