११ श्रावण २०८३, सोमबार
,
Latest
कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न आज संघीय संसदका तीन समितिको बैठक बस्दै टेक्सासमा ४४औँ विपी स्मृति दिवस मनाइयो साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो सुनसरीका हरिनगर र देवानगञ्ज गाउँपालिकाभर निषेधाज्ञा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाग्रहले न्याय हुँदैनः का.मु. प्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भुमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ ।

बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको हो । उहाँले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने बताउनु भयो ।

उहाँले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताउनु भयो । का.मु. प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसावबाट सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय जनप्रतिनिधिहरुको भुमिका न्यायिक समितिको एउटा न्यायाधीश मात्रै नभएर तपाईहरुको भुमिका जनप्रतिनिधिको हुनुपर्छ । त्यसैले जनप्रतिनिधिहरुको भुमिकाबाट पनि न्याय नै फैसला नै गर्नुप¥यो भने फेरि जनप्रतिनिधि हुँ भन्ने बिर्सिनुपर्छ । म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा बिर्सिनुपर्छ । यदी म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा दिमागमा राखेर मनमा राखेर फैसला गर्नुभयो भने न्याय पर्दैन । त्यहाँ पूर्वाग्रह हुन्छ । जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन ।

न्याय पर्नको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ । त्यसैले को केबाट भए, विवाद गर्न आउने मान्छे को हो ? भन्न थाल्यौँ भने त हामीले न्याय गर्दैनौँ । अनि न्यायिक अधिकार दिएको त त्यसै खेर जान्छ । न्याय गर्न बस्दा त्यो सम्पूर्ण कुरा बिर्सिनुपर्छ । तर समाजमा मिलाएर राख्ने कुरा छ भने म जनप्रतिनिधि पनि हो है भन्ने हिसावले हामीले काम गर्नसक्यौँ भने आफ्ना दुवै भुमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताउनु भयो । न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने बताउनु भयो ।