६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालउद्धार माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बिदाई



अ+ अ-

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित बालउद्धार माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

बिहीबार कपनस्थित एक पार्टी प्यालेसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेका हुन् । बालउद्धार माविले आगामी बैशाख २६ गतेबाट सञ्चालन हुने परीक्षाको तयारीमा रहेका कक्षा १२ का विद्यार्थीहरुलाई उज्जल भविष्यको कामना गर्दै बिदाई गरेको हो ।

विद्यार्थीहरुलाई प्रधानाध्यापक विनोद पण्डित, विद्यालय ब्यवस्थापन समिति (वि.ब्य.स.) अध्यक्ष ध्रुब प्रसाद घिमिरेलगायत शिक्षक–शिक्षिकाहरुले रुद्राक्षका माला लगाइदिएर विदाई गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक विनोद पण्डितले बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दै बालउद्धार माविले दक्ष जनशक्तिहरु उत्पादन गर्दै आएको बताए । साथै, आगामी दिनहरुमा पनि उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै जाने उल्लेख गरे ।

त्यस्तै उनले विद्यालयको भवन निर्माणको काम समयमा नै सम्पन्न नभएतापनि पठन–पाठनमा कुनै कसर बाँकी नराखेको जानकारी गराए । प्रधानाध्यापक पण्डितले भनेका छन्, ‘तपाई–हाम्रो मिहेनतकै कारण आज बालउद्धार मावि सामुदायिक विद्यालयहरुमध्येकै नमूना विद्यालय बन्न सफल बनेको छ ।’ खेलमैदानको अभावकै बाबजुदपनि विभिन्न खेलकुदहरु (टुर्नामेन्टहरु)मा समेत विद्यालयले उत्कृष्ट नतिजा ल्याइरहेको प्रधानाध्यापक पण्डितले बताए ।

यसका साथै वि.ब्य.स. अध्यक्ष ध्रुब प्रसाद घिमिरेले पनि बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई शुभकामना दिदै भवन निर्माण समयमा सम्पन्न नहुँदा पठन–पाठनमा केही कठिनाई भएको बताए । यसरी भवन निर्माणको काम समयमा सम्पन्न नहुँदा कक्षा १२ का विद्यार्थीहरु केही अन्यायमा परेको उल्लेख गर्दै अब चाँडैनै निर्माण सम्पन्न हुने जानकारी गराए । अबको केही दिनमै विद्यालयको प्राङ्गनमा रहेको टहराहरु हटाइसक्ने पनि उनले जानकारी गराए ।

शिक्षक सन्तोष लुइँटेलले सञ्चालन गरेका कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, शिक्षक–शिक्षिकालगायत दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख २६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।