२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीको पुत्ला दहन



अ+ अ-

काठमाडौं । काठमाडौंको माइतीघरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ  पुत्ला दहन गरेको छ । जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गर्दै मन्त्री श्रेष्ठको पुत्ला दहन गरेका हुन् । प्रहरीले पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो ।

संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए । सेतो कपडामा हस्ताक्षर गर्दै प्रदर्शनकारीले अभियान प्रति एक्यवद्धता जनाएका हुन् ।

दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधान थरकी एक महिलाले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् ।

रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् । पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन स्वयं मन्त्री श्रेष्ठ बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि चर्को आलोचना सुरु भएको छ ।