२२ असार २०८३, सोमबार
,
Latest
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीको पुत्ला दहन



अ+ अ-

काठमाडौं । काठमाडौंको माइतीघरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ  पुत्ला दहन गरेको छ । जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गर्दै मन्त्री श्रेष्ठको पुत्ला दहन गरेका हुन् । प्रहरीले पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो ।

संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए । सेतो कपडामा हस्ताक्षर गर्दै प्रदर्शनकारीले अभियान प्रति एक्यवद्धता जनाएका हुन् ।

दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधान थरकी एक महिलाले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् ।

रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् । पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन स्वयं मन्त्री श्रेष्ठ बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि चर्को आलोचना सुरु भएको छ ।