२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् सरकारमा सहभागी हुने कांग्रेसका सम्भावित मन्त्रीहरु



अ+ अ-

काठमाडौँ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बिहान बसेको बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने सम्पूर्ण अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

कांग्रेसका एक नेताले पार्टी उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने न्युजपोलारलाई जानकारी दिनुभयो । उहाँका अनुसार अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा प्रकाशशरण महत, रमेश रिजाल, एनपी साउद, किशोरसिंह राठोर, सीता गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्दै हुनुहुन्छ ।

पार्टी उपसभापति गुरुङ र लिम्बूबाहेक सबै पार्टी संस्थापन पक्षका हुनुहुन्छ । गुरुङ र लिम्बू भने संस्थापन इतर अर्थात डा शेखर कोइराला समूहका हुनुहुन्छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला खेमाका कोही परेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्भवत: बिहीबार बेलुकासम्म मन्त्रिमण्डल विस्तार गर्नु हुनेछ । सत्ता साझेदार दलका शीष नेताहरुको बैठकमा नेपाली कांग्रेसले आठ वटा मन्त्रालय पाउने सहमति भइसकेको छ ।




भर्खरै