९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री पटक-पटक परिवर्तन हुँदा कार्यसम्पादनमा समस्या



अ+ अ-

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् ।

स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढी नै हुन्छ । तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्यसम्पादनमा समस्या आएको पाइएको छ । कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक मन्त्री परिवर्तन हुँदा अनेकन समस्या देखिएको छ । एक जना मन्त्रीले आफूले सारेको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटोछिटो मन्त्री हेरफेर हुँदा कार्यसम्पादनमा समस्या देखिएको हो ।

३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् । ओली प्रधानमन्त्री भएयता पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । बिहीबारदेखि भने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 




भर्खरै