२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकेसम्म मन्त्रिपरिषद आजै विस्तार हुन्छ– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुने बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा उहाँले मन्त्रिपरिषद्मा सत्ता साझेदार दलहरुबीच करिब सहमति भइसकेकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार हुनेछ ।

“आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज नसकिए भोलि बिहान होला, काम त हाम्रो सकिएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ, यो पनि मलाई लाग्छ, तपाईं हामी सबैको लागि खुसीको कुरा हो ।’

गत पुस १० प्रधानमन्त्री बन्दा बनेको सत्ता गठबन्धन फेरिएसँगै उहाँले एक महिनादेखि १६ मन्त्रालयको जिम्मेबारी आफैँले लिँदै आउनुभएको छ । गत माघ ३ गते भएको सहमतिअनुसार ती मन्त्रालयहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए ।

तर सत्ता समीकरण फेरिएसँगै पालैपालो यी तीनवटै दलले सरकार छोडेपछि माघ १५ गतेदेखि उनीहरुले सम्हालेको मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको छ । अहिले सरकारमा नेकपा (माओवादी केन्द्र) का चार र जनमत पार्टीका एक जनामात्रै मन्त्री हुनुहुन्छ ।