• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   स्वयम्भूमा शान्तिका प्रतीक परेवा (फोटो फिचर) ★   सभामुख घिमिरेले पाँच दलका शीर्ष नेतासँग आज छलफल गर्दै ★   नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा ★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु- फोटो फिचर



काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ ।

आज अपरान्ह ४ बजेबाट मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म रथयात्रा भएको हो । त्यस्तै आज नै ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ ।

चैत्र १६ गते ५ बजेदेखि ६:३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनछ भने १७ गते ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ ।

त्यस्तै चैत्र १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्य: लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ ।

तस्बिरः रत्न श्रेष्ठ / रासस