काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा आफ्नो पक्षमा माहौल बनाउनका लागि नेताहरु छलफलमा जुट्न थालेका छन् । यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
यस अघि उहाँहरु बीच दुई दिन अघि उपसभापति विमलेन्द्र निधिको निवासमा छलफल भएको थियो । उहाँहरु तीनै जना सभापतिको आकाक्षी रहनु भएको छ ।
आगामी १४ औ महाधिबेशनमा तीन नेता मिलेर शेरबहादुर देउवाको बिकल्प खोज्ने तयारी गरिरहेका छन् ।