• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

एकीकृत समाजवादीले पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्रीमा पठाउने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकजना मन्त्रीको नाम आजै दिन आग्रह गरेपछि एसको आकस्मिक बैठक बसेको थियो । नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको बताइएको छ ।