२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गेशविरुद्ध उजुरी दिएका टिकटकर रिदमले माफी माग्दै गरे मिलापत्र



अ+ अ-

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्री उर्फ ह्यान्सी ब्रोले आरोप फिर्ता लिएका छन् ।

रिदमले टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा दुर्गेशले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलपछि दुवैले अब एक–अर्का विरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका प्रहरीले बताएको छ । मिलापत्र गर्दै रिदमले आफूले अरूको उक्साहटमा दुर्गेशमाथि जथाभाबी बोलेको भन्दै माफी मागेका थिए ।

दुर्गेशले पनि अब आइन्दा यो विषयलाई इस्यू नबनाउने प्रतिबद्धतासहित मिलापत्र गरेको बताईएको छ।