१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

सधैँ हात्तीको डर

सधैँ हात्तीको डर
file
अ अ+ अ-

कमलामाई । सिन्धुलीको दूधौली नगरपालिका-३ तल्लो खुट्टेपानीमा शनिबार बिहान जङ्गली हात्तीले रामपरीदेवी सोनारको पसल घर भत्कायो । सुतिरहेका सोनार दम्पती भाग्न सफल भए पनि घरमा राखिएका फ्रिज, टिभि र अन्य पसलका सामान भने बचाउन सक्नुभएन ।

यतिबेला हात्तीपीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपाल टाँगेर बसिरहनुभएको छ । “रातभर हामीले सुत्न पाएका छैनौँ, हात्ती यताबाट आउँछ की उताबाट आउँछ भन्ने त्रासले बुढाबुढी जाग्राम बस्छौँ”, रामपरी देवीले भन्नुभयो ।

गत शनिबार बिहान ३ बजे सोनार दम्पतीको घर भत्काएर गएका दुई वटा हात्ती दिनहुँ साँझपख गाउँमा पसेर विध्वंश मचाउन थालेका छन् । चार दिनयता मात्रै हात्तीले १५ वटा घर भत्काएको वडाध्यक्ष भद्राकुमारी माझीले बताउनुभयो । “वडावासी र बस्तीको सुरक्षामा चुनौती थपिएको छ । स्थानीय हात्तीको कारण आतङ्कित छन्, मानवीय क्षति हुने डर पनि उत्तिकै छ”, उहाँले भन्नुभयो ।

दिनभरी जङ्गल बस्ने र साँझ परेपछि बस्ती आउने हात्तीले घरभित्र थन्काइएको र खेतबारीमा लगाइएको अन्नबालीमा समेत क्षति पुर्‍याएको छ । पोलेर खाने बेला भएको दूधे मकै, थन्काउन लागिएको गहुँ, कोभी, सागलगायत तरकारी नष्ट गरेको वडाध्यक्ष माझीको भनाइ छ ।

हात्तीबाट हुने क्षति दीर्घकालीन रुपमा समाधान गर्न नगरपालिका र डिभिजन वन कार्यालयसँग सहयोगको याचना गरिरहेको भए पनि हालसम्म कुनै उपाय नसुल्झिएको उहाँले बताउनुभयो । बर्सेनि पटक–पटक बस्ती पसेर मानवीय तथा भौतिक क्षति गर्ने हात्तीलाई नियन्त्रण गर्न नसकेकोमा प्रभावित तथा पीडित आक्रोसित छन् । कमलाखोँच क्षेत्रमा बर्सेनि जङ्गली हात्तीले जनधनको क्षति गदैँ आए पनि सम्बन्धित निकायले ध्यान नदिएको उहाँको आरोप छ ।

खुट्टेपानीकी स्थानीय कुन्ता थापाले भन्नुभयो, “हात्ती गाउँ पसेको थाहा पाउन साथ आगोको धुनी बालेर होहोल्ला गछौँ, रातभर बिजुली बत्ती बालिरहन्छौँ, भाँडाकुँडा ठटाउने गछौँ, तैपनि हात्ती पसेर क्षति गर्न छोड्दैन ।” हात्तीले भत्काएका घर तथा खेतबारीको अन्नबाली क्षतिको विवरण अनुसार वडा कार्यालय पीडितलाई राहत उपलब्ध गराउने दूधौली नगरपालिकाको भनाइ छ ।

हात्तीको उचित व्यवस्थापन तथा दीर्घकालीन समस्या समाधानका लागि माथिल्लो निकायसँग समन्वय भइरहेको नगर प्रमुख दिनेशकुमार अधिकारी (दनुवार)ले बताउनुभयो । जङ्गली हात्तीले विशेषगरी कमलाखोँच क्षेत्रमा बर्सेनि मानवीय तथा भौतिक क्षति गदैँ आएको छ । जङ्गल छेउमा रहेका दूधौली र कमलामाई नगरपालिकाका सात वटा वडाका स्थानीयवासीलाई हात्तीले आतङ्कित मात्रै बनाएको छ । रासस