२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताको कमाण्ड नितिशलाई



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर) को टोलीले २०२३ को लागि आफ्नो नयाँ कप्तानको घोषणा गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि नितिश राणालाई टोलीको कमाण्ड दिइएको छ ।

कोलकाताका नियमित कप्तान श्रेयस अय्यर हाल ढाडको चोटबाट जूझिरहेका छन् र पूरै आईपीएल २०२३ सिजनबाट बाहिरिने सम्भावना छ । तर, कोलकाता नाइट राइडर्सले श्रेयसलाई आईपीएल २०२३ मा केही खेलका लागि अवश्य उपलब्ध हुने आशा व्यक्त गरेको छ । आईपीएल २०२३ मा केकेआरले आफ्नो पहिलो खेल १ अप्रिलमा पञ्जाब किंग्ससँग खेल्नेछ ।

नितिश राणा सन् २०१८ देखि कोलकाता नाइट राइडर्ससँग आवद्ध छन् । आईपीएल २०२३ मेगा लिलामीमा केकेआरले नितिश राणालाई ८ करोडमा किनेको थियो । भारतका लागि एक एकदिवसीय र २ टी–२० खेल खेलेका राणाले हालसम्म ९१ आईपीएल खेलमा २१८१ रन बनाएका छन् ।

यस क्रममा उनको औसत २८.३२ र स्ट्राइक रेट १३४.२२ छ । उनले आईपीएलमा १५ अर्धशतक बनाएका छन् । उनले सन् २०१६ मा आईपीएलमा डेब्यु गरेका थिए । कोलकाता बाहेक राणाले मुम्बई इन्डियन्सबाट पनि आईपीएल खेलिसकेका छन् ।