१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादी भन्दै मिटर ब्याज पीडितले गरे ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी



अ+ अ-

काठमाडौँ । मिटर ब्याज पीडितहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध राजावादी भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

पीडितहरुले ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै आफूहरुले गरेको नागरिक आन्दोलनमा राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

मिटर ब्याज पीडितहरु मंगलबार टंगालमा धर्ना बसेका थिए । उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर पुन: धर्नामा बसेका छन् । माइतीघरमा मिटर ब्याज पीडितहरु पुग्ने बित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुग्नुभएको थियो ।

शाहीले आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताउनुभएको छ । यद्यपि पीडितहरुले उहाँको कुरा सुन्ने चाहेनन् । उनीहरुले शाहीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।