५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादी भन्दै मिटर ब्याज पीडितले गरे ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी



अ+ अ-

काठमाडौँ । मिटर ब्याज पीडितहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध राजावादी भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

पीडितहरुले ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै आफूहरुले गरेको नागरिक आन्दोलनमा राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

मिटर ब्याज पीडितहरु मंगलबार टंगालमा धर्ना बसेका थिए । उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर पुन: धर्नामा बसेका छन् । माइतीघरमा मिटर ब्याज पीडितहरु पुग्ने बित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुग्नुभएको थियो ।

शाहीले आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताउनुभएको छ । यद्यपि पीडितहरुले उहाँको कुरा सुन्ने चाहेनन् । उनीहरुले शाहीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।