३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन्: मन्त्री किराँती



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल–भारत बीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरु बिस्तार हुने बताउनु भयो । उहाँले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताउनु भयो ।

मन्त्री किराँतीले नेपाल–भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्सुक बनाउने बताउनु भयो ।

मन्त्री किराँतीले भन्नुभयो, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभइ अब नयाँ आयामहरु पनि बिस्तारै थपिँदै छ । रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ । अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जल मार्ग पनि अर्को आयाम हुनसक्छ । जसले नेपाल र भारतको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्‍याउने मलाई विश्वास छ ।

नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाईमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरुले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवद्र्धन र विकास गर्न यसले योगदान दिनेछ । विशेष गरी सांस्कृतिक र पर्यटनसँग सम्बन्धित पुस्तक भएको कारण पनि यसको प्रकाशन गरेर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको छ ।’

मन्त्री किराँतीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताउनु भयो ।