२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुमन्स ओलम्पिकको छनोट खेल्न भियतनामको टोली नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले ‘महिला ओलम्पिक फुटबल प्रतियोगिता, पेरिस २०२४’ का लागि एसियन छनोटअन्तर्गत पहिलो चरणको खेलमा भियतनामसँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार चैत अन्तिम साता नेपालले घरेलु मैदानमा दुई खेल खेल्नेछ ।

एन्फाको आयोजनामा हुने प्रतियोगिता २२ र २५ चैतमा आयोजना गर्न लागिएको हो । नेपाल र भीयतनामबीचको पहिलो खेल अप्रिल ५ अर्थात २२ चैतमा हुँदा दोस्रो खेल अप्रिल ८ अर्थात २५ चैतमा हुनेछ ।

दुबै खेल दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ । प्रतियोगिताका लागि सहभागी हुन भियतनामको राष्ट्रिय महिला टोली ३ अप्रिलमा काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोली हाल बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगिताको लागि एन्फाले साधारण प्यारापिटतर्फ ३०० रुपैयाँ र भीआइपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट मूल्यसमेत निर्धारण गरेको छ ।