२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परे सलमानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति



अ+ अ-

एजेन्सी । सलमान खानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति पक्राउ परेका छन् । राजस्थान र मुम्बई प्रहरीको संयुक्त अभियानमा धाकड राम बिश्नोई नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

उनी २१ वर्षको मात्र छन् । प्रहरीले अनुसन्धानमा इमेल जोधपुरबाट पठाएको पत्ता लागेको थियो । गत हप्ता सलमान खानका म्यानेजर जोर्डी पटेललाई धम्कीको इमेल आएको थियो । उक्त इमेलमा सलमान खानलाई मार्ने भनिएको थियो । त्यसयता इमेल पठाउने व्यक्तिको खोजी भइरहेको थियो ।

बान्द्रा प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको थियो । मुम्बई पुलिसले यस मुद्दासँग सम्बन्धित सबै जानकारी जोधपुर पुलिसलाई दिए ।

जोधपुरको ‘सियागो की ढाणी’ निवासी २१ वर्षीय धाडक राम बिश्नोईले इमेल पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ । धाकड राम बिश्नोईको ठेगाना थाहा पाउने बित्तिकै बान्द्रा प्रहरीका एक उपनिरीक्षक र जोधपुर पुलिसले संयुक्त अभियानमा आरोपीलाई पक्राउ गरे । अहिले उनलाई जोधपुरबाट मुम्बई ल्याउने तयारी भइरहेको छ ।

आरोपी राम बिश्नोईविरुद्ध हतियार ऐन मुद्दा पनि दर्ता भएको छ । उनलाई अवैध हातहतियारसहित सरदारपुरा प्रहरीले १२ सेप्टेम्बर २०२२ मा पक्राउ गरेको थियो । रिपोर्टका अनुसार उनले सिद्धु मुसेवालाका बुवालाई पनि इमेल पठाएका थिए । उक्त इमेलमा उनले मुसेवालाका बुवालाई मार्ने धम्की समेत दिएका थिए ।