• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी



काठमाडौँ । गायक एवं कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् । आफ्नो सिक्रीसमेत हराएको आरोप क्षेत्रीको छ ।

उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।