३ भाद्र २०८३, बुधबार
,
Latest
५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पेशी न्यायाधीश घिमिरेको इजलासमा



file
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको फैसलाको पेशी न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ ।

सन्दीपको पेशी यसअघि पनि घिमिरेको इजलासमा परेको थियो । उनकै इजलासमा सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको थियो ।

घिमिरेको इजलासमा काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

यसैबीच, काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाएकी युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको थियो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । यस्तै, अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने आदेशमा उल्लेख छ ।