२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पेशी न्यायाधीश घिमिरेको इजलासमा



file
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको फैसलाको पेशी न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ ।

सन्दीपको पेशी यसअघि पनि घिमिरेको इजलासमा परेको थियो । उनकै इजलासमा सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको थियो ।

घिमिरेको इजलासमा काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

यसैबीच, काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाएकी युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको थियो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । यस्तै, अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने आदेशमा उल्लेख छ ।