११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने… बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान उर्जामन्त्री लिङ्देन भेट्न पुगे इपानको टोली



अ+ अ-

काठमाडौं । निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक संघको टोली राप्रपा केन्द्रीय कार्यालयमा पुगेको छ।

इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले हिजाे  राप्रपा अध्यक्ष, निवर्तमान उर्जा मन्त्री लिङ्देनसंग भेट गरि उहाँको छोटो कार्यकालमा विद्युत उत्पादनको क्षेत्रमा चमत्कारिक काम भएको र नेपाली लगानीकर्ता उत्साहित भएको बताउनुभयो।

अध्यक्ष लिङ्देन उर्जामन्त्री छँदा १५०० मेगावाटको विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएका थिए जुन विगत ४ वर्षदेखि रोकिएको थियो । विद्युत खरिद प्रक्रिया अवरुद्ध हुँदा लगानीकर्ता मर्कामा परिरहेका थिए ।

उर्जा उत्पादक संघका टोलीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफ्नो छोटो कार्यकालमा उर्जा क्षेत्रका समस्याको पहिचान गरि त्यसको गाँठो फुकाउन आफूले इमानदार प्रयास गरेको बताए । लामो समय विद्युत खरिद सम्झौता अवरुद्ध हुँदा लगानीकर्ता निराश भइरहेको अवस्थामा नीतिगत सुधार गर्न आफूले प्राथमिकताका साथ काम गरेको अध्यक्ष लिङ्देनले बताए ।

समय छोटोे भयो, छोटो समयका बाबजुद पनि विद्युत खरिद सम्झौता अघि बढ्न सक्यो, जलाशययुक्त बढिगण्डकी, दुधकोशी, तमोर जस्ता ठूला आयोजनाको प्रक्रिया शुरु भयो, नेपालबाट उत्पादित बिजुली खरिद गर्न भारतसंग सम्झौता भयो, लिङ्देनले भने । मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीको इच्छाशक्ति, दृढता, सुशासनप्रतिको प्रतिबद्धता र पारदर्शिता हुने हो भने कर्मचारीतन्त्रको सहयोग रहने आफ्नो अनुभव रहेको प्रतिनिधिमण्डललाई लिङ्देनले सुनाए ।