७ मंसिर २०८१, शुक्रबार
,
Latest
नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल १७ प्रतशितले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ सुरु भयो एमालेको जागरण सभा बीस वर्षदेखि सुकुम्बासीको प्रश्न: जग्गा कहिले पाइन्छ? राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैनः विमलेन्द्र निधी काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ भएको नेटोको भनाइ



अ+ अ-

एजेन्सी । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आइतबार यसको निन्दा गरेको छ ।

“रुसको आणविक बयानबाजी खतरनाक र गैरजिम्मेवार छ । नेटो सतर्क छ र हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं,” नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले भनिन् ।

उनले भनिन्, “पश्चिमा मित्रराष्ट्रहरूले रूसको आणविक सोचमा कुनै परिवर्तन देखेका छैनन्, जसले हामीलाई आफ्नो शक्ति समायोजन गर्न प्रेरित गर्नेछ ।”

युक्रेनले छिमेकी बेलारूसमा सामरिक हतियार तैनाथ गर्ने मस्कोको योजनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ ।

रूसले गत वर्ष युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो र उसका केही सैनिकले आफ्नो सहयोगी बेलारूसहुँदै सीमा पार गरेका थिए र किएभले यो कदमलाई ‘आणविक ब्ल्याकमेलिङ’ का रूपमा हेरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले आफ्नो आणविक शस्त्रागारको केही हिस्सा आफ्ना युरोपेली सहयोगीहरूको भूमिमा आधारित गरेको कदमको तुलना गर्दै यसको प्रतिवाद गरेका छन् ।