५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल रसियासँग पराजित



अ+ अ-

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रसियाले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रसियासँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो ।

रसियाको जितमा एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २–० को अग्रता दिलाइन् ।

त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३–० को जित दिलाइन् । यस जितसँगै रसियाले तीन खेलमा ९ अङ्क जोडेको छ । रसिया शीर्ष स्थानमा उक्लिएको छ । यता नेपालको यो दोस्रो हार हो । नेपाल तीन खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।