• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने



तस्बिर: हन्ट नेपाल

ढोरपाटन । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ ।

बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ । यस वर्षको दोस्रो याम ९फागुन–वैशाख० का लागि सात कम्पनीबाट आठ देशका सिकारीले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल वाइल्ड लाइफ एडभेन्चर, सफारी आउटिफट्सबाट अमेरिकाका सिकारीले फागुनेमा एक नाउर र एक झारल, श्री हिमालयन वाइल्डफाइफ आउट फिट्सबाट अमेरिकाका सिकारीले वार्सेमा एक नाउरको सिकार गर्ने छन् । श्री ट्याक्स एन ट्रेल्स प्रालिबाट क्यानडाका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको, श्री ग्लोबल सफारिज नेपाल प्रालिबाट हङ्गेरीका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको र फ्रान्सका सिकारीले सुनदहमा एक नाउर र एक झारलको शिकार गर्ने अनुमति पाएको उहाँको भनाइ छ ।

श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट पोर्चुगलका सिकारीले सुनदहमा एक नाउर, श्री नेपाल ट्राभल एक्स्पेडिसन प्रालिबाट पोल्याडका सिकारीले दोगाडीमा एक नाउर, रसियाली सिकारीले दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारल, स्पेनिस सिकारीले वार्सेमा एक नाउर र गुस्तुङमा एक झारल र श्री हिमालयन सफारिस प्रालिबाट अमेरिकाका तीन सिकारीले सिकार गर्ने भएका छन् । उनीहरूले दोगाडीमा एक नाउर र सेङमा एक झारल, सेङमा एक नाउर र सुनदहमा एक झारल, दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारलको सिकार गर्ने ढोरपाटन सिकार आरक्षले जनाएको छ ।

सिकारका लागि दुई सिकारी ढोरपाटन आइपुगेको अधिकृत कँडेलको भनाइ छ । श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट सुनदहमा एक नाउरको सिकारका लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाइल्डलाइफ आउटफिटर्स, स्युचाटारबाट वार्सेमा एक नाउरको सिकारका लागि अमेरिकाका चार्ल्स हेरोल्ड वेकल आरक्ष आइपुगेको उहाँले जानकारी दिनुभयो । याम सुरु भएपछि सिकारीहरू आउने क्रम जारी रहेको छ ।

पहिलो याम (असोज–मङ्सिर) मा एउटा नाउरको रु २० लाख पाँच हजार र झारलको रु छ लाख राजस्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको उहाँको भनाइ छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो ।

दोस्रो यामअन्तर्गत चैतको पहिलो सातादेखि सिकार खेल्न सुरु भएको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । ढोरपाटनमा प्रत्येक वर्ष असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ । रासस