२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रतिको भरोसा बालबालिकामा देखिएन: सांसद देवकोटा



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताउनु भयो ।

सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने बताउनु भयो । उहाँले केही दिनअघि विद्यार्थीहरुले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नरहेको स्पष्ट भएको बताउनु भयो । उहाँले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबको सरकारले यो वा त्यो बहानामा चुक्ने छुट छैन । नागरिकलाई केन्द्रबिन्दु राखेर सेवा डेलिभरी गर्नेकुरामा अत्यन्त सजगताकासाथ सरकार अघि बढ्नुपर्छ । बच्चाहरुले अब खाडीमा भेटौंला है भन्ने शब्द सटमा लेखेका छन्, यो नेतृत्वप्रतिको असन्तुष्टि, देशप्रति भरोसा नभएको कुरा, अब युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश हो । यो निराशाजनक छ, यसलाई समयमा नै सम्बोधन गर्नुपर्छ ।’

सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधाहरु नागरिक केन्द्रित हुनुपर्ने बताउनु भयो ।