१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रतिको भरोसा बालबालिकामा देखिएन: सांसद देवकोटा



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताउनु भयो ।

सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने बताउनु भयो । उहाँले केही दिनअघि विद्यार्थीहरुले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नरहेको स्पष्ट भएको बताउनु भयो । उहाँले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबको सरकारले यो वा त्यो बहानामा चुक्ने छुट छैन । नागरिकलाई केन्द्रबिन्दु राखेर सेवा डेलिभरी गर्नेकुरामा अत्यन्त सजगताकासाथ सरकार अघि बढ्नुपर्छ । बच्चाहरुले अब खाडीमा भेटौंला है भन्ने शब्द सटमा लेखेका छन्, यो नेतृत्वप्रतिको असन्तुष्टि, देशप्रति भरोसा नभएको कुरा, अब युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश हो । यो निराशाजनक छ, यसलाई समयमा नै सम्बोधन गर्नुपर्छ ।’

सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधाहरु नागरिक केन्द्रित हुनुपर्ने बताउनु भयो ।