५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थगित क्याम्पसमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन सम्पन्न हुन बाँकी क्याम्पसहरुको निर्वाचन सम्पन्न गराउन त्रिविका शिक्षाध्यक्ष एवम् विश्वविधालयको स्ववियु निर्वाचन अनुगमन समितिको संयोजकमार्फत् ध्यानाकर्षण जनाएको छ ।

अध्यक्ष समिक बडालको नेतृत्वमा अनेरास्ववियुले स्ववियुको निर्वाचन गराउन ध्यानाकर्षण गराएको हो । आजसम्म ४४ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएर निर्वाचन परिणाम समेत आईसकेको र करिब ३०० वटा अन्य क्याम्पसहरुको निर्वाचन सम्पन्न भएको ज्ञापनपत्रमा जनाइएको छ ।

‘तत्काल निर्वाचन हुन बाँकी १७ वटै आङ्गिक क्याम्पसहरुको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय बैठक बोलाएर निर्वाचन कार्यतालिका प्रकाशित गरी निर्वाचन सम्पन्न गर्न अग्रसरता लिई दिनुहुन विश्वविद्यालयका शिक्षाध्यक्ष स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक मार्फत हामी विश्व विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ ज्ञापनपत्रमा भनिएको छ ।