६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग विश्वप्रकाश शर्माका चार आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशका नागरिकहरुले लालपूर्जा कहिले पाइन्छ भन्दै प्रश्न सोध्ने गरेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले लालपूर्जाका साथै सरकारसँग चार आग्रह गरेका हुन् ।

उनले सरकारसमक्ष राखेका आग्रह यसप्रकार छन् –
१. नापी नभएका ठाउँमा अविलम्ब नापी सुरु गरिनुपर्छ
२. जनताले तिर्न नसक्ने कर घटाएर न्यून गरिनुपर्छ
३. कर समायोजनसँगै लालपूर्जा वितरण अघि बढाइनुपर्छ
४. अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या गर्ने अन्तिम मितिको सुबिचारित घोषणा गरिनुपर्छ