१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनमा भागबन्डा मिलाउन गृहमा नारायणकाजीलाई पठाउने तयारी



file
अ+ अ-

काठमाडौं । हाल उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका नारायणकाजी श्रेष्ठलाई गृहमा पठाइने भएको छ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिन लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै गर्न लाग्नुभएको मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रबाट सरकार सहभागी भएका मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गर्ने बताइएको छ ।

गृह मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री प्रचण्डले सम्हालिरहनु भएको छ । माओवादीले सत्ता गठबन्धनमा भागबन्डा मिलाउन गृहमा श्रेष्ठलाई पठाउने तयारी थालेको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले आजै पत्रकार सम्मेलन गरेर यसबारे औपचारिक जानकारी गराउने तयारी भइरहेको बताइएको छ । शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले भोलि सोमबार सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन निर्णय गरेको थियो । यसबारे छलफल गर्न आजै सत्ता गठबन्धनको बैठक पनि बस्दैछ ।