२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीको निहुँमा रौतहटमा दुई परिवारबीच हानाहान हुँदा दर्जनबढी घाइते



अ+ अ-

रौतहट । रौतहटमा पानीको निहुँमा दुई परिवारबीच हानाहान हुँदा दर्जनबढी घाइते भएका छन्। मौलापुर नगरपालिका-१ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो। पानीको विषयलाई लिएर स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान हुन पुग्दा दर्जनबढी घाइते भएका छन् ।

प्रहरीका अनुसार सोनारको परिवारमाथि यादव परिवार खनिएका थिए । खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि आक्रामण भएको बताइएको छ ।  सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको जनाइएको छ । 

घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।