२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीको निहुँमा रौतहटमा दुई परिवारबीच हानाहान हुँदा दर्जनबढी घाइते



अ+ अ-

रौतहट । रौतहटमा पानीको निहुँमा दुई परिवारबीच हानाहान हुँदा दर्जनबढी घाइते भएका छन्। मौलापुर नगरपालिका-१ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो। पानीको विषयलाई लिएर स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान हुन पुग्दा दर्जनबढी घाइते भएका छन् ।

प्रहरीका अनुसार सोनारको परिवारमाथि यादव परिवार खनिएका थिए । खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि आक्रामण भएको बताइएको छ ।  सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको जनाइएको छ । 

घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।