• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

लगातार तेस्रो जित निकाल्दै एपिएफ फाइनलमा



काठमाडौँ । कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले कोशी प्रदेशमाथि जित निकाले सँगै लगाता तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । यससँगै एपिएफ एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाईन । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन् । यस्तै ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन् । कोशी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो । कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्रि २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन् । यस्तै स्मृति कटुवाल ८ रनमा रनआउट भइन् । एपीएफका लागि कप्तान सिता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिइन् ।

जितसँगै एपिएफले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ । यता कोशी प्रदेश दुई खेलमा एक जित निकालेर २ अंकका साथ अंकतालिकाको पुछार छ । कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।

प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न दिनको पहिलो खेलमा सूदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पनि ७ विकेटले पराजित गरेको छ । यससँगै मधेस प्रदेशले जारी प्रतियोगितामा लागातार दोस्रो हार भोगेको छ । यस्तै सुदूरपश्चिमले भने तेस्रो खेलमा दोस्रो जित निकालेको छ । तेस्रो खेलबाट दोस्रो जित निकाल्ने क्रममा सुदूरले मधेसबाट पाएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रनको पारी खेले । यसअघि कप्तान विन्दुर रावलले १० रन जोड्दै पवेलियन फर्किंदा सम्झना खड्का ९ तथा कविता कुँवर १ रनमा आउट भएका थिए । मधेसका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाउन सक्यो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट निकाले ।

जितसँगै सुदूरले ३ खेलमा ४ अंक जोडेको छ । सुदूर दोस्रो स्थानमा उक्लिएको छ । मधेस भने तालिकाको पुछारमा अंक बिहीन छ । प्रतियोगितामा अब खेल सोमवार हुनेछन् । सोमवार पहिलो खेल ललितपुर मेयर्स–११ र मधेस प्रदेश तथा दोस्रो खेल कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।