२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिद कपूरको ‘फर्जी’ले ‘पञ्चायत–२’ र ‘मिर्जापुर’लाई पछि पार्यो



अ+ अ-

एजेन्सी । शाहिद कपूर र विजय सेतुपति अभिनित वेब सिरिज ‘फर्जी’ले ओटीटीमा धमाका मचाएको छ । योसँगै फर्जी शुक्रबार ओटीटी प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने वेब सिरिज बनेको छ ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया आए पनि यो सिरिजको क्रेज फ्यानमा भने कायमै छ । यही कारणले गर्दा फेब्रुअरी १० देखि फर्जीले ३ करोड ७० लाखभन्दा बढी भ्युज पूरा गरिसकेको छ ।

ओरम्याक्स मिडियाले जारी गरेको सूची अनुसार शाहिद कपुरको फर्जी सबैभन्दा धेरै हेरिएको वेब सिरिजको सूचीमा शीर्ष स्थानमा छ । दोस्रो नम्बरमा अजय देवगनको वेब सिरिज रुद्र छ, जसको अहिलेसम्म ३५.२ मिलियन भ्युज छ ।

तेस्रो नम्बरमा पंकज त्रिपाठी र अली फजलको वेब सिरिज मिर्जापुर सिजन २ रहेको छ, जसको अहिलेसम्म ३२.५ मिलियन भ्युज छ । जो दर्शकहरूले वेब सिरिज फेरि हेरेका छन् उनीहरूलाई यसमा समावेश गरिएको छैन ।