• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्समाथि फ्रान्सको सानदार जित



एजेन्सी । विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन कप्तान केलियन एम्बाप्पेले दुई गोल र एक असिस्ट तथा एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले एक–एक गोल गरे ।

घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले एम्बाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।

आठौं मिनेटमा उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ३–० ले अघि बढाए ।

यस्तै, ८८औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सलाई सानदार जित दिलाए ।

यता, इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाए गोल गर्न चुके । जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । नेदरल्यान्ड्स अंकविहीन छ ।