३१ जेष्ठ २०८२, शनिबार
,
Latest
बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ न्यायाधीशमाथि भएको अभद्र व्यवहारप्रति कानुन समाजको आपत्ति बोस्टनको उही हलमा सात वर्षपछि नेपथ्य टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै पाउद्वारमा खेलमैदान निर्माण कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै नेवा: राष्ट्रिय मुक्तिमोर्चा नेपा: को गोरखा अध्यक्षमा पुन: श्रेष्ठ चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक



अ+ अ-

काठमाडौं । अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्ममा पत्रकारको भूमिकामा देखिएकी बेनिशाले कामको राम्रै तारिफ पाएकी छन् ।

फिल्म ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी बेनिशाले त्यसयता झण्डै १४ फिल्ममा अभिनय गरिसकेकी छन् । १२ फिल्मको अभिनय पछि उनले निर्देशनमा ‘डेब्यू’ गरेकी हुन् । यो सर्ट फिल्ममा बेनिशाकै लेखन रहेको छ ।

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ ।

केदार भुषाल कार्यकारी निर्माता रहेको फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नविन अवालको कला निर्देशन छ ।

यो सर्ट फिल्म सिनेमाघर एपबाट मोबाइल, ट्याब्लेट, आइप्याड र विभिन्न स्मार्ट टिभिमा विश्वभर बाट हेर्न सकिन्छ ।