१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसंख्या असन्तुलित भएकोमा प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्या सन्तुलित नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।

शुक्रबार राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढ्दै गएकोले नेपालको जनसंख्या सन्तुलित नभएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

‘तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्नेछ । तीनवटै तहका योजना बनाउन महत्वपूर्ण हुनेछ, जनसंख्याको वृद्धिदर घट्ने क्रममा छ, पहाड र हिमालको ग्रामीण भेगमा घट्ने, तराईमा बढ्दैछ । जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ’,प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले असन्तुलित बसाइसराइ व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै, उहाँले जनगणनामा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।